एकैदिन सुनको भाउ ३,२०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

ecopolinews.com

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। अघिल्लो दिन सामान्य वृद्धि भएको सुनको मूल्य आज भने एकैदिन प्रतितोला ३ हजार २ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यसअघि बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको थियो। तर आज भने बजारमा उल्लेख्य गिरावट आएको हो।

चाँदीको मूल्य पनि घट्यो

सुनसँगै चाँदीको मूल्यमा समेत गिरावट आएको छ। बुधबार प्रतितोला ४ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६ सय ५० रुपैयाँमा झरेको छ।

यसअनुसार चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुन ४,२९३ डलर

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार २ सय ९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारको मूल्यसँगै अमेरिकी डलरको विनिमय दर तथा स्थानीय बजारका अन्य अवस्थाले समेत प्रभावित हुने गर्छ।

आजको गिरावटसँगै सुन फेरि प्रतितोला ३ लाख रुपैयाँभन्दा तल आएको छ। अब आगामी दिनमा अन्तर्राष्ट्रिय बजारको उतारचढावले नेपाली बजारमा सुनको मूल्य कुन दिशामा जाने हो भन्ने चासो बढेको छ।

प्रतिक्रिया