ब्रेकिङ न्युज : बोर्डको दबाबपछि एनआईसी एशिया बैंकका सिईओ रोशन कुमार न्यौपानेको राजीनामा !

ecopolinews.com

काठमाडौं । एनआईसी एशिया बैंकमा ठूलो नेतृत्व परिवर्तनको चरण सुरु भएको छ।

बोर्डले बर्खास्त गर्ने तयारी थालेसँगै प्रमुख कार्यकारी अधिकृत (सिईओ) रोशन कुमार न्यौपानेले स्वेच्छिक राजीनामा बुझाएका छन्।

न्यौपाने दुई कार्यकालदेखि सिईओका रूपमा बैंक सञ्चालन गर्दै आएका थिए तर अझै एक वर्ष बाँकी कार्यकालमै उनले पद त्यागेपछि बैंकभित्र नयाँ नेतृत्व चयनको दौड सुरु हुने पक्का भएको छ।

बोर्ड बैठकले चाँडै नयाँ सिईओ चयनबारे छलफल अघि बढाउने बताइएको

छ।

प्रतिक्रिया