काठमाडौँ । बडादसैँको सार्वजनिक बिदामा अध्यागमन विभागले विशेष व्यवस्था गर्ने भएको छ। विभागले विजयादशमीका दिन अर्थात् असोज १६ गते बाहेक अन्य सबै बिदामा पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुला रहने जनाएको छ।
विभागका अध्यागमन अधिकृत शिवकुमार अधिकारीले सार्वजनिक सूचना जारी गर्दै असोज १६ बाहेकका दिनमा बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म आवश्यक सेवा उपलब्ध हुने जानकारी दिएका हुन्।
यस व्यवस्था अनुसार बडादसैँको समयमा पनि पर्यटक भिसा सम्बन्धी प्रक्रिया तथा एजेन्सी सेवामा सहजता हुने विभागले विश्वास व्यक्त गरेको छ।
९ असोज २०८२, बिहिबार ०६:१७ मा प्रकाशित