रास्वपा प्रवक्ता मनीष झा लाई नक्खु कारागारमा आगजनी गर्न उक्साउने आरोप

ecopolinews.com
काठमाडौँ, असोज ४, २०८२
सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले नक्खु कारागारमा आगजनी गर्न उक्साएको आरोपमा एक भिडिओ भाइरल बनेको छ। उक्त भिडिओमा युवाहरू कारागारको गेटमा आगो लगाइरहेका देखिन्छन्, जबकि मनीष झा घटनास्थलबाट हात हल्लाउँदै हिँडेको देखिन्छ।

भिडिओ सार्वजनिक गर्नेहरूले झालाई युवाहरूलाई आगजनी गर्न उक्साएको दावी गरेका छन्। तर, यस भिडिओको प्रामाणिकता स्वतन्त्र रूपमा पुष्टि भएको छैन।

नेपालखबरले रास्वपा प्रवक्ता झासँग सम्पर्क गर्ने प्रयास गर्दा तीनपटक फोन गर्दा पनि ‘कल फरवार्डेड’ देखाएर सम्पर्क हुन सकेको छैन। झा स्वयंले पनि यस विषयमा कुनै टिप्पणी गरेका छैनन्।

स्मरण रहोस्, भदौ २४ मा जेनजी आन्दोलनको कारण असुरक्षा देखिँदा रास्वपा सभापति रवि लामिछानेलाई कारागारबाट बाहिर निकालिएको थियो। त्यसक्रममा चौका हानेर जेलबाट भागेको आरोपसमेत उठेको थियो। तर रवि लामिछानेले पत्रका माध्यमबाट कारागार प्रशासनले नै अनुमति दिएको दाबी गरेका थिए।

हाल रवि लामिछाने कारागारमा पुनः थुनिएका छन्। उनी सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि कारागारमा छन्, मुद्दाको फैसला अझ बाँकी छ।

प्रतिक्रिया