रविन्द्र कट्टेल - काठमाडौँ । नेपाली सांगीतिक आकाशमा दशकौँदेखि आम श्रोताको मनमा राज गर्दै आएको प्रतिष्ठित 'कन्दरा' ब्यान्ड आगामी अप्रिल १० तारिखका दिन एसियाकै नम्बर एक दाबी गरिएको 'क्लब नोभा' (Club Nova) मा गुञ्जिने भएको छ। विशुद्ध मनोरञ्जन मात्र नभई नेपाली कला, संस्कृति र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उच्च उद्देश्यका साथ क्लबका सञ्चालक विशाल तुलाचनको विशेष पहलमा यो ऐतिहासिक सांगीतिक साँझ आयोजना हुन लागेको हो।
जेम्सन कनेक्ट्सको मुख्य प्रस्तुतिमा हुन गइरहेको यस कार्यक्रमले नेपालको सुस्ताएको रात्रिकालीन पर्यटनलाई नयाँ ऊर्जा दिने निश्चित छ। सांगीतिक कार्यक्रमहरूको आयोजनाले पर्यटनमा ल्याउने रौनक सँगसँगै 'क्लब नोभा'ले समग्र देशको अर्थतन्त्रमा पुर्याइरहेको योगदान निकै उल्लेखनीय र प्रशंसनीय छ। विशुद्ध मनोरञ्जन क्षेत्रलाई अत्यन्तै व्यावसायिक र मर्यादित रूपमा सञ्चालन गर्दै यस क्लबले सयौँ नेपाली युवाहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा स्वदेशमै रोजगारीको अवसर सिर्जना गरेको छ।
युवा जनशक्ति दिनहुँ बिदेसिने क्रम बढिरहेको वर्तमान विषम परिस्थितिमा देशभित्रै यति ठूलो मात्रामा रोजगारी सिर्जना गर्नु र रात्रिकालीन व्यवसायमार्फत राज्यको ढुकुटीमा महत्त्वपूर्ण राजस्व योगदान गर्नु सञ्चालकको राष्ट्रप्रतिको सच्चा समर्पण हो। सञ्चालक तुलाचनको लामो व्यावसायिक अनुभव र अगाध देशप्रेमले खडा गरेको यस संस्थाले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्दै मुलुकको पर्यटन उद्योगलाई चलायमान बनाउन ठूलो पिलरको रूपमा काम गरिरहेको छ।
कलाको संरक्षण गर्दै अर्थतन्त्रको पाङ्ग्रा घुमाउने यस्ता उच्चस्तरका गतिविधिहरूले समाजमा गहिरो सकारात्मक सन्देश प्रवाह गरेका छन्। आगामी शुक्रबार आयोजना हुने कन्दरा ब्यान्डको यो भव्य सांगीतिक कार्यक्रमले क्लब नोभाको गरिमा मात्र बढाउने छैन, नेपालको हस्पिटालिटी र रात्रिकालीन व्यवसाय अन्तर्राष्ट्रिय स्तरको छ भन्ने प्रमाणित गर्दै राष्ट्रिय अर्थतन्त्रमा थप इँटा थप्ने विश्वास गरिएको छ।