सहिदको बलिदान व्यर्थ नजाओस् : पर्व र प्रगतिका लागि शुभकामना – भीम उपाध्याय

ecopolinews.com

पूर्व सचिव आदरणीय समाजसेवी भीम उपाध्यायज्यूको दशैं  शुभकामना सन्देश

देशको इतिहासमा निर्णायक मोड ल्याउन थालेको जेन जी आन्दोलन प्रति म उच्च सम्मान प्रकट गर्दछु। यो आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, घाइते तथा पीडित सम्पूर्ण योद्धाहरूलाई शीघ्र स्वास्थ्यलाभको हार्दिक मंगलकामना गर्दछु। सहिदहरूको अमर बलिदानले हामीलाई भ्रष्टाचार, विकृति र अन्यायविरुद्ध अझ दृढ भएर उभिन प्रेरणा दिएको छ।

यो आन्दोलन केवल सडकमा गुन्जिएको आवाज मात्र होइन, यो नेपाली जनताको स्वाभिमान, इमान र भविष्य सुरक्षित गर्ने ऐतिहासिक यात्रा हो। भ्रष्टाचारको जरा उखेल्न, लुटतन्त्र अन्त्य गर्न र न्यायपूर्ण समाज निर्माण गर्न म मेरो कलम र चेतनासँगै निरन्तर लडिरहनेछु।

यस पवित्र अवसरमा—बडा दशैं, तिहार (शुभ दिपावली), छठ पर्व तथा नेपाल सम्वत को आगमनको सन्दर्भमा—संपूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र क्रान्तिकारी चेतनाको शुभकामना व्यक्त गर्दछु।

सहिदको रगतले सिंचित यो भूमिमा अब भ्रष्टाचार, अत्याचार र लुटको शासन टिक्न सक्दैन। जेनजी आन्दोलनले देखाएको बाटो हाम्रो समाज रूपान्तरणको बाटो हो। यो बाटोमा म सधैं जनतासँग रहने प्रतिज्ञा गर्दछु।

– भीम उपाध्याय

पूर्व सचिव, नेपाल सरकार

प्रतिक्रिया