प्रतिनिधि सभा पुनर्स्थापनाबारे छलफल गर्न सभामुख देवराज घिमिरेद्वारा १० दलको बैठक आह्वान

ecopolinews.com

काठमाडौं, असोज २९ — प्रतिनिधि सभा पुनर्स्थापनाबारे सर्वोच्च अदालतमा रिट परेपछि त्यसबारे राजनीतिक धारणा बनाउन सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलहरूको संयुक्त बैठक बोलाएका छन्।

सभामुख घिमिरेले बुधबार बिहान ९ बजेका लागि १० राजनीतिक दलका शीर्ष नेताहरूलाई सिंहदरबारमा छलफलका लागि आह्वान गरेका छन्। उक्त बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल जनता पार्टीका प्रतिनिधिहरू सहभागी हुनेछन्।

प्रतिनिधि सभा विघटनपछि पुनर्स्थापनाको माग गर्दै दर्ता भएका रिटहरूबारे संसदको भूमिकालाई स्पष्ट पार्ने उद्देश्यले सभामुखले छलफल बोलाएका हुन्। बैठकमा दलहरूबाट पुनर्स्थापनाबारे उनीहरूको धारणा संकलन गरी आगामी कदम तय गरिने बताइएको छ।

त्यसैगरी, सभामुख घिमिरेले बिहीबार कानुन व्यवसायीहरूसँग पनि विशेष बैठक बोलाएका छन्। उक्त बैठकमा संवैधानिक व्यवस्था, न्यायिक प्रक्रिया र सम्भावित कानुनी प्रभावबारे परामर्श गरिनेछ।

स्रोतका अनुसार, सभामुखको यो पहल राजनीतिक सहमति र संवैधानिक स्पष्टता दुवैका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया