काठमाडौं, असोज १६ । दुर्गापक्षको मुख्य दिन विजयादशमी आज देश–विदेशमा हर्षोल्लासका साथ मनाइँदैछ। मान्यजनको हातबाट समृद्धिको प्रतीक जमरा र शुभ साइतको प्रतीक रातो टीका ग्रहण गरी नवदुर्गाको प्रसादस्वरूप दशैंको यो महान् पर्व धूमधामले मनाउने परम्परा रहिआएको छ।
घटस्थापनाको दिन विधिपूर्वक स्थापना गरिएको घटबाट अभिषेक गरी टीका लगाउने परम्परा आज पनि निरन्तरता पाइरहेको छ। आश्विन शुक्ल दशमीका दिन विशेष गरी परिवार र समाजमा शुभकामना आदान–प्रदान गर्दै विजयादशमी मनाइन्छ।
यस वर्ष टीका थाप्ने शुभ साइत नेपालमा बिहान ११:५३ बजे निर्धारण गरिएको छ। यस अवसरमा टीका थाप्ने व्यक्ति पूर्वतर्फ र लगाइदिने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने धार्मिक परम्परा रहेको समितिले जनाएको छ।
विदेशमा टीका लगाउने साइत
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विदेशमा रहेका नेपालीका लागि विशेष गरी साइत तोकेको छ, जसले गर्दा अन्योलता हट्ने अपेक्षा गरिएको छ।
भारत : ११:४९
अमेरिका : ९:२७/११:५७/११:०५/११:३३/११:३५/११:५५/११:१९/११:२९ (ठाउँअनुसार फरक)
क्यानडा : ११:५५/१०:३३
जापान : ११:३३
अस्ट्रेलिया : ११:१९ देखि ११:५३ सम्म (ठाउँअनुसार फरक)
न्युजिल्यान्ड : ११:२३
पोर्चुगल : ९:२३
बेलायत : ९:१७
फ्रान्स : ९:५७
नर्वे : १०:०३
मलेसिया : ११:११
युएई : ११:५५
कतार : १०:१३
थाइल्यान्ड : १०:५५
दक्षिण कोरिया : १०:५७
इजरायल : ११:३५
सिंगापुर : ११:०९
हङकङ : ११:४५
साउदी अरेबिया : १०:५५
म्यानमार : १०:२७
स्विट्जरल्याण्ड : १०:२५
माल्टा : १०:५५
यसरी नेपालभित्र मात्र नभई विश्वभरि फैलिएका नेपाली समुदायले पनि आज आफ्नो स्थानअनुसार साइतमा टीका–जमरा ग्रहण गर्दै विजयादशमी पर्वलाई उल्लासपूर्वक मनाउँदैछन्।