२२ असोज, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले देशभर किटानी जाहेरी अभियान सुरु गरेको छ।
अभियानअन्तर्गत पहिलो जाहेरी अनेरास्ववियु कैलालीले दर्ता गराएको छ। संगठनका जिल्ला अध्यक्ष कुवेर खड्काले मंगलबार जिल्ला प्रहरी परिसर, कैलाली पुगेर बालेन र गुरुङविरुद्ध जाहेरी दिएका हुन्। तर, जाहेरी दर्ता प्रक्रिया भने अझै पूरा भएको छैन।
अखिलले देशभरका सबै जिल्ला प्रहरी कार्यालयहरूमा जाहेरी दिने तयारी गरेको जनाएको छ। काठमाडौं परिसरमा मंगलबार जाहेरी दिन खोज्दा प्रहरी प्रशासनले सरकारी वकिलसँग छलफलपछि २४ घण्टाभित्र निर्णय गर्ने बताएको थियो।
अनेरास्ववियु नेतृत्वले बालेन र गुरुङविरुद्धका क्रियाकलापले कानुन उल्लङ्घन गरेको आरोप लगाउँदै देशव्यापी कानुनी दबाब अभियान सञ्चालन गर्ने जनाएको छ।