प्रतिनिधिसभा चुनावः६ माघमा उम्मेदवार मनोनयन, १० हजार शुल्क अनिवार्य

ecopolinews.com

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारले ६ माघमा मनोनयन दर्ता गर्नुपर्ने भएको छ।

निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिअनुसार उम्मेदवारी दर्ताका क्रममा उम्मेदवारले १० हजार रुपैयाँ मनोनयन शुल्क बुझाउनुपर्नेछ। साथै, अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको प्रमाण (निस्सा) पनि अनिवार्य रूपमा पेश गर्नुपर्ने आयोगले जनाएको छ।

निर्वाचन कार्यतालिकाअनुसार मनोनयन प्रक्रिया निर्धारित मितिमै सम्पन्न गरिने र आवश्यक कागजात नपुगेको खण्डमा उम्मेदवारी दर्ता नहुने आयोगको स्पष्ट चेतावनी छ।


प्रतिक्रिया