काठमाडौं, असोज ७ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी घटक र विचार मिल्ने शक्तिहरूसँग एकता गर्ने दिशामा निर्णायक कदम चालेका छन्। पार्टीको महालै बसेको केन्द्रीय कमिटी बैठकले माओवादी घटक तथा अन्य समान विचारधाराका समूहहरूसँग वार्ता अघि बढाउने निर्णय गर्दै औपचारिक वार्ता टोली गठन गरेको हो।
वार्ता टोलीको संयोजकमा प्रवक्ता खड्गबहादुर विश्वकर्मा तोकिएका छन्। टोलीमा अनिल सी, शिलु सी, सुशील सी, चिरण र जितेन्द्र सी सदस्य रहेका छन्।
यसअघि माओवादी केन्द्रले पनि स्थायी कमिटी बैठकमार्फत नेकपासँग एकता गर्ने नीति तय गरिसकेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विप्लव नेतृत्वको नेकपा र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई एकताको पहिलो प्राथमिकतामा राखेका छन्।
जेन–जी आन्दोलनपछिको राजनीतिक उथलपुथललाई ध्यानमा राख्दै विप्लवले तत्काल एकता गर्ने रणनीति अघि सारेका हुन्। यसले बायाँ शक्तिहरूलाई पुनः एक ठाउँमा ल्याउने प्रक्रिया निर्णायक मोडतर्फ लागेको देखिन्छ।