काठमाण्डौको पशुपतिनाथ क्षेत्रमा छठको तयारी तिब्र

ecopolinews.com

काठमाडौंका विभिन्न स्थानमा अहिले छठ पर्वको तयारी जोरशोरले भइरहेको छ। विशेषगरी गौरीघाट क्षेत्रमा मैथिली समुदायले मनाउने यो पर्वका लागि सरसफाइ र सजावटका काम तीव्र रूपमा जारी छन्।

पहिले मुख्यतः तराई क्षेत्रमा सीमित छठ पर्व अहिले काठमाडौं उपत्यकामा पनि व्यापक रूपमा मनाइने क्रम बढ्दै गएको छ। यस पर्वमा नदी, पोखरी र तलाउका किनार सिँगारेर घाट तयार पारिन्छ, केराका थम्बा र झिलिमिली बत्तीले सजाइन्छ, र अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिन्छ।

गौरीघाट छठ विकास समितिका अध्यक्ष अनिल सिंहका अनुसार, यस वर्ष गौरीघाटमा करिब ६१० वटा स्टल निर्माण गर्ने तयारी भइरहेको छ। प्रत्येक स्टलका लागि १५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। समितिले भक्तजनहरूको सहजता र सुरक्षाका लागि विशेष व्यवस्थापन गरिरहेको जनाएको छ।

प्रतिक्रिया