ब्रेकिङ्ग न्युज: जेन-जी आन्दोलनमा रगतको नदी — ८ जनाको मृत्यु, राजधानी शोकमा डुब्यो

ecopolinews.com

रविन्द्र कट्टेल

काठमाडौं, २३ भदौ।

जेन-जी आन्दोलन उग्र बनेसँगै राजधानी रक्ताम्य भएको छ। आज मात्रै प्रदर्शनमा घाइते भएकामध्ये मृत्यु हुनेको संख्या ८ पुगेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा उपचारकै क्रममा ५ जनाले ज्यान गुमाएका छन् भने सिभिल अस्पतालमा थप २ जनाको मृत्यु भएको पुष्टि भएको छ। यस्तै, एकजनाको घटनास्थलमै प्राण गुमेको प्रहरीले जनाएको छ।

मृतकको मुचुल्का उठाउन प्रहरी वृत जनसेवाबाट टोली परिचालन गरिएको छ। राजधानीमा व्यापक असन्तोष बढ्दै गएका बेला निरन्तर भिडन्त भइरहेकाले मृत्यु र घाइतेको संख्या अझ बढ्ने अनुमान गरिएको छ।

आन्दोलनमा युवाहरूले भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल बन्देजको विरोधमा सडक तताएका छन्। यतिबेला काठमाडौंका अस्पतालहरूमा घाइतेहरूको चाप असामान्य रूपमा बढिरहेको छ भने चिकित्सकहरूले ‘स्रोतसाधन अभाव’ को चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया