हर्क साम्पाङको नयाँ दल : चुनाव चिन्हका लागि ‘माटोको ढिस्को’ माग

ecopolinews.com

२०८२ असोज १२ गते, काठमाडौं - धरानका मेयर हर्क साम्पाङले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। श्रम संस्कृति पार्टी नामक दल दर्ता गर्न उनले भदौ ६ गते निवेदन बुझाएका हुन्।

आयोग उच्च स्रोतका अनुसार साम्पाङ आफैं पार्टी अध्यक्ष हुने गरी निवेदन पेश भएको छ। अहिले आयोगले राजनीतिक दल दर्ता सम्बन्धी ऐन तथा नियमावलीअनुसार आवश्यक प्रमाण पुगे/नपुगेको अध्ययन गरिरहेको छ।

यसपटक साम्पाङले दलको चुनाव चिन्हका लागि ‘माटोको ढिस्को’ प्रस्ताव गरेका छन्। २०७९ को स्थानीय तह निर्वाचनमा उनी ‘लौरो’ चिन्ह लिएर धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

हालसम्म निर्वाचन आयोगमा दर्ता भएका १२२ दलमध्ये कुनै पनि दलले ‘माटोको ढिस्को’ चिन्ह नलिएकाले साम्पाङले प्रस्ताव गरेको चिन्ह कायम हुने सम्भावना प्रबलबदेखिएको छ।

प्रतिक्रिया