हर्क सम्पाङको त्यो ‘सरप्राइज’: पहुँचविहीन परिवारकी रुबी कसरी बनिन् उपसभामुख?

ecopolinews.com

काठमाडौँ: कमजोर आर्थिक अवस्था र पहुँचविहीन परिवारकी रुबीका लागि सांसद हुनु एउटा सपना जस्तै थियो। तर, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क सम्पाङ) ले उनलाई सांसद मात्र होइन, उपसभामुखको जिम्मेवारी दिएर राजनीतिक वृत्तमा ठूलो ‘सरप्राइज’ दिनुभएको छ। रुबीले आफ्नो यो सफलतालाई सीमान्तकृत वर्गप्रतिको ठूलो न्यायका रूपमा लिएकी छन्।

उपसभामुख रुबीले वैदेशिक रोजगारीको पीडा र मधेशमा जरो गाडेको दाइजो प्रथाविरुद्ध सशक्त रूपमा काम गर्ने संकल्प गरेकी छन्। आफ्नै बुबा शोगारथले २५ वर्ष विदेशमा श्रम गर्दा भोगेको पारिवारिक संघर्षलाई नजिकबाट बुझेकी उनले सदनमा समेत यसबारे आवाज उठाउन थालेकी छन्। अचम्मको कुरा त के छ भने, छोरी देशको उच्च ओहोदामा पुग्दा पनि घर व्यवहार चलाउन र अन्य छोरीहरूको विवाहको जिम्मेवारी पूरा गर्न शोगारथ पुनः वैदेशिक रोजगारीमै जाने तयारीमा छन्। "छोरीले देश र जनताको सेवा गरोस्, घर चलाउन म त विदेश जानैपर्छ," शोगारथले भावुक हुँदै भने।

प्रतिक्रिया