२०८२ असोज २६, काठमाडौं ।
काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपासस्थित कामना हेल्थ सेन्टरको दोस्रो तल्लाको पहिलो कोठामा आइतबार दिउँसो २ः५० बजे शाही युवा शक्ति नेपालका युवाहरुले आन्तरिक बैठक सम्पन्न गरेका छन्।
“जेन्जी राजा जनता एक हौं” भन्ने नाराका साथ आउँदो २०८२ कार्तिक १ गते सामाखुशी चोकमा हुने मोटरसाइकल र्यालीको तयारी बैठक **विष्णु रिमाल (राजाबादी)**को नेतृत्वमा गरिएको हो।
स्रोतका अनुसार बैठकमा करिब १०–१२ जना सदस्यको उपस्थिति रहेको थियो। बैठकमा र्यालीको व्यवस्थापन, सहभागीहरूको सुरक्षा तथा नाराबाजीको विषयमा छलफल भएको जनाइएको छ।
बैठक पूर्ण रूपमा आन्तरिक भएकाले पत्रकार तथा बाह्य व्यक्तिलाई प्रवेश अनुमति दिइएको थिएन।
र्यालीमार्फत शाही शासनप्रति समर्थन जनाउने र युवा पुस्तामा राष्ट्रिय भावना जागृत गराउने उद्देश्य रहेको आयोजकहरूले बताएका छन्।
२६ असोज २०८२, आईतबार ०३:०४ मा प्रकाशित