दक्षिण एसियामा पुनः माजोङको प्रभुत्व : ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड पाँचौँ पटक माजोङको नाममा

ecopolinews.com


काठमाडौँ – नेपालको क्यासिनो जगतमा निरन्तर उत्कृष्टता र विश्वस्तरको आतिथ्यताको परिचय बनाएको क्यासिनो माजोङ ले पुनः एकपटक दक्षिण एसियाली प्रतिष्ठा कायम राख्दै ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड पाँचौँ पटक जितेको छ।

भारतको राजधानी नयाँ दिल्लीस्थित होटल द अशोकमा अक्टोबर २४ मा सम्पन्न २०औं पर्यटन, यात्रा र आतिथ्य पुरस्कार समारोह (20th Tourism, Travel & Hospitality Awards) मा माजोङलाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो। पुरस्कार भारतका संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्रसिंह शेखावतले माजोङका प्रबन्ध निर्देशक विनोद श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो।

नेपालको मनोरञ्जन तथा पर्यटन क्षेत्रमा अग्रणी पहिचान बनाउन सफल माजोङले यसअघि पनि सन् २०१८ मा ‘बेस्ट क्यासिनो इन नेपाल’ र सन् २०१९, २०२२, २०२३ मा ‘बेस्ट क्यासिनो इन साउथ एसिया’को अवार्ड जित्दै आफ्नो स्थायी उत्कृष्टता प्रमाणित गरिसकेको छ।

माजोङ क्यासिनो : सेवा, सुरक्षा र सन्तुष्टिको पर्याय

क्यासिनो माजोङलाई नेपालका पर्यटकहरूले मात्र होइन, अन्तर्राष्ट्रिय पाहुनाहरूले पनि सर्वोत्कृष्ट मनोरञ्जन केन्द्रको रूपमा स्वीकारेका छन्।

सुरक्षाको दृष्टिले अत्याधुनिक सिसिटिभी निगरानी, प्रशिक्षित सुरक्षा टोली, र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ग्राहक सेवा प्रणालीले माजोङलाई ‘सुरक्षित क्यासिनो अनुभव’को नमुना बनाएको छ।

ग्राहकहरूको सुविधा र सन्तुष्टिलाई प्राथमिकता दिँदै माजोङले लक्जरी गेमिङ टेबलहरू, आरामदायी लाउञ्ज, प्रिमियम बार र बहु-भाषिक सेवा टोलीसहित उत्कृष्ट आतिथ्य प्रदान गर्दै आएको छ।

त्यसका साथै, माजोङमा फेयर प्ले, पारदर्शी व्यवस्थापन र सौहार्दपूर्ण वातावरण यसको पहिचान बनेको छ।

उत्कृष्ट नेतृत्व : अमुल्य राणा

क्यासिनो माजोङका महाप्रबन्धक अमूल्य राणाले आफ्नो समर्पित नेतृत्व र विश्वस्तरीय व्यवस्थापनद्वारा माजोङलाई नयाँ उचाइमा पुर्‍याएका छन्।

उनी पर्यटन र मनोरञ्जन उद्योगमा अनुभवसहितको प्राविधिक दक्षता र पाहुना–केन्द्रित दृष्टिकोणका लागि परिचित छन्। राणाको कुशल व्यवस्थापनले माजोङलाई न केवल नेपालमा, तर सम्पूर्ण दक्षिण एसियामा पनि एक ‘हस्पिटालिटी लिडर’को रूपमा स्थापित गरेको छ।

उनको नेतृत्वमा माजोङले ‘ग्राहक नै पहिलो’ भन्ने सिद्धान्तलाई व्यवहारमा उतार्दै पाहुनाहरूलाई घरझैँ अनुभूति दिलाउने वातावरण सिर्जना गरेको छ।

 थप सम्मानहरू

यस वर्ष माजोङ समूहले अन्य दुई प्रतिष्ठित उपाधिहरू पनि जितेको छ —

क्यासिनो माजोङ नेपालगञ्जलाई ‘बेस्ट क्यासिनो इन नेपाल’

नेपालगञ्ज शाखाका महाप्रबन्धक निराजकुमार प्रधानलाई ‘बेस्ट क्यासिनो जनरल म्यानेजर इन साउथ एसिया’

२७ वर्षदेखि पर्यटन र आतिथ्य क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको माजोङ समूहले हाल काठमाडौं र नेपालगञ्जमा करिब १,००० जना कर्मचारी रोजगारीमा राखेको छ। निकट भविष्यमै वीरगञ्जमा नयाँ शाखा सञ्चालन गर्ने तयारी भइरहेको समूहले जनाएको छ।

‘हस्पिटालिटी इन्डिया पब्लिकेशन्स ग्रुप’ले प्रदान गर्ने यो पुरस्कार व्यवसायिक प्रदर्शन, आगन्तुक सन्तुष्टि, लोकप्रियता र ब्रान्ड प्रतिष्ठाका आधारमा प्रदान गरिन्छ — र माजोङले ती सबै मापदण्डहरूमा आफूलाई अग्रपंक्तिमा राख्न सफल भएको छ।

 क्यासिनो माजोङ : जहाँ सुरक्षा, सेवा र सौन्दर्य भेटिन्छ।नेपालको पर्यटनको गौरव, दक्षिण एसियाको गौरव — माजोङ।

प्रतिक्रिया