महाराजगन्ज–चप्पल कारखाना सडक विस्तार : सम्झौताभन्दा ढिलो, तर मंसिरमै कालोपत्रे गर्ने दाबी

ecopolinews.com

महाराजगन्ज चोकदेखि चप्पल कारखानासम्मको सडक विस्तार कार्य दोस्रो चरण अन्तर्गत सुस्त गतिमा अघि बढिरहेको छ। डिभिजन सडक कार्यालय, मीनभवनले २०८१ फागुनमा एम–एस अम्बुजा–काली एसकेजेभीसँग २०८२ असारभित्र काम सक्ने सहमति गरे पनि, निर्धारित समयसीमा भित्र काम पूरा हुने संकेत अहिलेसम्म प्रष्ट देखिएको छैन।


करीब ७ सय मिटर लामो उक्त खण्डलाई सर्भिस लेनसहित १०-लेनको मापदण्डमा विस्तार गर्ने योजना छ। हाल कर्वस्टोन जडान, फुटपाथ निर्माण तथा अन्य श्रम-आधारित कामहरू बिस्तारै अघि बढिरहेका छन्।

निर्माण कम्पनीका एक प्रतिनिधिका अनुसार, सुस्त प्रगति भए पनि यही मंसिर महिनाभित्र सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ। उनको दाबीले लामो समयदेखि धुलो–धुसिलो र जामले हैरान यात्रु तथा स्थानीयवासीमा केही राहतको आशा जगाएको छ।

प्रतिक्रिया