रविन्द्र कट्टेल
काठमाडौं — राजधानीको बानेश्वर चोक आज बिहानैदेखि जेनजी पुस्ताको विरोधले तातेको छ। आक्रोशित युवाहरू सडकमा उत्रिएपछि बानेश्वर क्षेत्र पूर्णरूपमा अवरुद्ध बनेको छ।
प्रदर्शन चर्किएसँगै प्रहरीको ठूलो संख्या तैनाथ गरिएको छ। भिड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज मात्र नगरी केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।
सडकमा नाराबाजीसँगै प्रहरी र प्रदर्शनकारीबीच धपेडी चलिरहेको छ भने वातावरण तनावपूर्ण बनेको छ। स्थानीय बासिन्दा र सर्वसाधारण यात्रुहरू आवतजावतमा समस्यामा परेका छन्।
२४ भदौ २०८२, मङ्गलबार ०९:४० मा प्रकाशित