जेन-जी अगुवासँग छलफलका क्रममा राष्ट्रपति पौडेल अस्वस्थ, अस्पताल भर्ना

ecopolinews.com

काठमाडौँ । जेन-जी अगुवाहरूसँगको छलफलका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।

शनिबार शीतल निवासमा २२ जना जेन-जी अगुवासँगको भेटवार्ता चलिरहेका बेला अचानक अस्वस्थ भएपछि उहाँलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो।

अस्पताल स्रोतका अनुसार राष्ट्रपति पौडेललाई टाउको दुख्ने र वान्ता हुने समस्या देखिएको छ। उहाँलाई थप परीक्षणका लागि अस्पतालमै राखिएको र स्वास्थ्य परीक्षण जारी रहेको जनाइएको छ।

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि सेनासँग भएका छलफल र पछिल्ला वार्ताका विषयमा छलफल गर्न जेन-जीका प्रतिनिधिहरू शीतल निवास पुगेका थिए। छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी थिइन्।

छलफलमा रक्षा बम, युजनराज भण्डारी, सुदन गुरुङ, मिराज ढुंगानालगायतका जेन-जी अगुवा सहभागी थिए। तर, केही युवाहरूले आफूहरूलाई वार्तामा सहभागी गराइएन भन्दै बाहिर नाराबाजी गरेका थिए।

प्रतिक्रिया