नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (SSP) तुल बहादुर कार्कीले जिल्ला प्रहरी परिसर, ललितपुरको प्रमुखका रूपमा आजबाट औपचारिक रूपमा आफ्नो कार्यभार सम्हाल्नुभएको छ।
केही दिनअघि मात्र प्रहरी प्रधान कार्यालयको निर्णयानुसार गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराबाट सरुवा भई आउनुभएका एसएसपी कार्कीले आज ललितपुर परिसरमा पुगेर नयाँ कमान्ड सम्हाल्नुभएको हो।
ललितपुर जस्तो संवेदनशील र महत्त्वपूर्ण जिल्लाको शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन र जनमैत्री प्रहरी सेवा प्रवाह गर्न उहाँको कमान्ड महत्त्वपूर्ण रहने अपेक्षा गरिएको छ। नयाँ जिम्मेवारी सम्हालेलगत्तै उहाँले ललितपुरको सुरक्षा व्यवस्थालाई थप चुस्त र सुदृढ बनाउने दिशामा काम अगाडि बढाउने जनाइएको छ।
२५ जेठ २०८३, सोमबार ०९:२४ मा प्रकाशित