काठमाडौँ:
नेकपा एमालेका नवनियुक्त ३३ जना केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ। गत असोज पहिलो साता बसेको केन्द्रीय कमिटी बैठकले पार्टी विधानअनुसार मनोनीत गरेका नेताहरूलाई आज दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा शपथ गराइने पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।
मनोनीत केन्द्रीय कमिटी सदस्यहरू:
एमालेले पार्टीभित्रैबाट र अन्य पार्टीबाट समायोजन भई आएका नेताहरूलाई समेटेर केन्द्रीय कमिटी विस्तार गरेको छ। मनोनीत सदस्यहरूमा काशीनाथ अधिकारी (चितवन), देवराज घिमिरे (झापा), हरि रिजाल (प्यूठान), पासाङ शेर्पा (ताप्लेजुङ), नरेन्द्र भट्टराई (इलाम), नन्दराम देवकोटा (खोटाङ), धर्म गिरी (प्यूठान), नारायण घर्ती (जाजरकोट), विद्यासुन्दर शाक्य (काठमाडौँ), शान्तिलाल महत (जुम्ला), पोल्तेन छेपाङ गुरूङ (मनाङ), प्रेम दङ्गाल (काठमाडौँ), सुरेन्द्र उदास (भोजपुर), विनोद पाण्डे (काठमाडौँ), पुष्पराज श्रेष्ठ (सिन्धुली), विमला घिमिरे (कपिलवस्तु), शिवमाया तुम्वाहाम्फे (मोरङ), कौशिला खत्री (जाजरकोट), जानुका सिम्खडा (धादिङ) र बिना बास्तोला (भक्तपुर) रहेका छन्।
अन्य पार्टीबाट समायोजन भएका केन्द्रीय सदस्यहरू:
विभिन्न दल परित्याग गरी एमालेमा समाहित भएका १३ जना नेताहरूलाई पनि केन्द्रीय कमिटीमा मनोनीत गरिएको छ। जसमा मोहम्मद इस्तियाक राई (बाँके), प्रदीप यादव (पर्सा), अब्दुल हुसैन अंसारी (सुनसरी), डिबी कार्की (स्याङ्जा), भवानी खापुङ (तेह्रथुम), दीपक साउद (अछाम), जय गोले तामाङ (काठमाडौँ), धर्मराज निरौला (सुनसरी), रवि चामलिङ (खोटाङ), विनोद पहाडी (रुपन्देही), श्रीप्रसाद शर्मा (बागलुङ), रामप्रीत राम (सिराहा) र ध्रुव विष्ट (भक्तपुर) रहेका छन्।
७ नेता स्थायी कमिटीमा:
सोही केन्द्रीय कमिटी बैठकले ७ जना वरिष्ठ नेताहरूलाई पार्टीको स्थायी कमिटी सदस्यको जिम्मेवारी दिएको छ। स्थायी कमिटीमा चयन हुनेहरूमा ईश्वर पोखरेल (काठमाडौँ), प्रदीप ज्ञवाली (गुल्मी), काशीनाथ अधिकारी (चितवन), देवराज घिमिरे (झापा), शिवमाया तुम्वाहाम्फे (मोरङ), लालबाबु पण्डित (मोरङ) र थममाया थापा (म्याग्दी) रहेका छन्।