ओलीको सिफारिसमा राष्ट्रपतिको संवैधानिक कदम, ६ महिनाभित्र निर्वाचन गर्ने घोषणा

ecopolinews.com

रविन्द्र कट्टेल

काठमाण्डौ - जेनजीको शक्तिशाली दबाबपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको छ। काठमाडौँका मेयर बालेन्द्र शाहसहित जेनजी पक्षधरको स्पष्ट समर्थनपछि दल र नेताहरू अस्वीकृत हुँदै गएपछि राष्ट्रपतिले संसदबाहिरबाटै कार्कीलाई नेतृत्व दिन निर्णय गरे।

राजीनामा दिएर सुरक्षा घेरामा रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। राष्ट्रपतिको विज्ञप्तिमा असाधारण परिस्थितिमा युवापुस्ताको आकांक्षा सम्बोधन गर्दै संविधानको पालना र राष्ट्रिय एकताको प्रवर्द्धन गर्न कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिइएको उल्लेख छ।

यो सरकारलाई ६ महिनाभित्र नयाँ प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया