जेन–जी आन्दोलनको भीडमा हराएको सिंहदरबारको सामग्री फेरि भेटिएको छ, त्यो पनि बागबजारस्थित एक कन्सल्टेन्सीको कोठामा। प्रहरीको ताजा छापाले सरल शिक्षा एकेडेमीबाट एउटा प्रिन्टर बरामद गरेको छ, जसले आन्दोलनपछिको ‘लुटिएका सामान’ कथामा नयाँ मोड थपिदिएको छ।
प्रहरी वृत सिंहदरबारबाट खटिएको टोलीले केही घण्टाअघि मात्र एकेडेमीमा छापा मारेको थियो। प्रिन्टरको मुचुल्का उठाएर बरामद गरिए पनि एकेडेमीकी सञ्चालक उषा भट्टलाई प्रहरीले पक्राउ गरेको छैन।
प्रहरीका अनुसार एकेडेमीका कर्मचारीहरूले यसअघि पनि सिंहदरबारबाट ल्याइएका अन्य सामग्री प्रहरीको उर्दीपछि कार्यलयमै बुझाइसकेका थिए। वृत्त प्रमुख डिएसपी जनार्दन घिमिरेले पहिले एक प्रिन्टर फिर्ता भएको र नयाँ सूचनाका आधारमा फेरि बुझ्ने प्रक्रिया जारी रहेको बताए।
२२ कार्तिक २०८२, शुक्रबार ०४:५१ मा प्रकाशित