लमजुङको सशक्त उपस्थिति : एमाले ११औँ महाधिवेशनबाट उपाध्यक्षसहित ८ नेता केन्द्रीय नेतृत्वमा निर्वाचित

ecopolinews.com

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले लमजुङ जिल्लालाई पार्टीको केन्द्रीय नेतृत्व तहमा सशक्त रूपमा स्थापित गरेको छ। महाधिवेशनबाट लमजुङका उपाध्यक्षसहित ८ जना नेता–नेत्री केन्द्रीय नेतृत्वमा निर्वाचित भएका छन्।


लमजुङबाट पृथ्वीसुब्बा गुरुङ पार्टीको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। उहाँसँगै जिल्लाबाट अनुभवी र प्रभावशाली नेताहरू केन्द्रीय कमिटी तथा महत्वपूर्ण जिम्मेवारीमा चयन भएका छन्, जसले पार्टीभित्र लमजुङको राजनीतिक हैसियत थप बलियो बनाएको छ।

महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरूमा

डा. भिष्मनाथ अधिकारी,

जमिन्द्रमान घले,

कृष्णप्रसाद अधिकारी,

टुका भद्र हमाल,

यशोदा रिमाल,

भगवती थापा क्षेत्री (कल्पना) रहेका छन्।

त्यसैगरी, डा. राजेन्द्र घिमिरे पार्टीको अनुशासन आयोगको सचिव पदमा चयन हुनुभएको छ।

यस उपलब्धिप्रति प्रतिक्रिया दिँदै एमाले लमजुङका प्रभावशाली युवा नेता गोविन्द राज न्यौपानेले महाधिवेशनको परिणामले लमजुङको राजनीतिक पहिचानलाई राष्ट्रिय स्तरमा थप मजबुत बनाएको बताउनुभएको छ।

उहाँले भन्नुभयो,

 “लमजुङबाट उपाध्यक्षसहित केन्द्रीय नेतृत्वमा यति धेरै नेता निर्वाचित हुनु केवल व्यक्तिको सफलता मात्र होइन, यो जिल्लाको सामूहिक संघर्ष, संगठनात्मक शक्ति र एमालेप्रतिको जनविश्वासको प्रतिफल हो। यसले पार्टीलाई अझ जनमुखी, अनुशासित र गतिशील बनाउने नयाँ ऊर्जा दिएको छ।”

लमजुङबाट एकैपटक उपाध्यक्षसहित ठूलो संख्यामा केन्द्रीय नेतृत्व चयन हुनु जिल्लाको संगठित शक्ति, नेतृत्व क्षमता र पार्टीप्रतिको योगदानको स्पष्ट प्रतिबिम्ब भएको नेताहरूको भनाइ छ। यस उपलब्धिलाई लमजुङ एमाले पंक्तिले उत्साह र गौरवका रूपमा लिएको छ।

नवनिर्वाचित नेताहरूले पार्टीलाई थप सुदृढ, अनुशासित र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्र निर्माण र राजनीतिक स्थायित्वमा प्रभावकारी भूमिका खेल्ने बताएका छन्।

प्रतिक्रिया