काठमाडौं । नेपाल प्रहरी संगठनभित्र फेरबदल भएको छ। एकैपटक ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)हरूको सरुवा गरी उनीहरूलाई विभिन्न जिल्लामा खटाइएको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार सम्हालेपछि नै व्यापक सरुवाको प्रक्रिया अघि बढाइएको हो। प्रहरी प्रधान कार्यालयले सरुवा भएका अधिकारीलाई सम्बन्धित जिल्लामा पठाइसकेको छ।
प्राप्त विवरणअनुसार कपिलवस्तुमा सन्तोष आचार्य, दाङमा दीपक श्रेष्ठ, पाल्पामा दीपेन्द्र पञ्जियार, पर्सामा सुदिपराज पाठक, बाँकेमा अंगुर जिसी, कास्कीमा नवीन कार्की, मोरङमा कवित कटवाल, सुनसरीमा केशव थेबे, भक्तपुरमा सूर्यबहादुर खड्का, पूर्वी नवलपरासीमा युवराज खड्का र मकवानपुरमा सुवासचन्द्र बोहरा नयाँ जिम्मेवारीका लागि पुगेका छन्।
२ असोज २०८२, बिहिबार ०९:४२ मा प्रकाशित