जेनजी आन्दोलनको अपील : “सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउनुस्, नयाँ नेपाल हाम्रो नेतृत्वमा”

ecopolinews.com
काठमाडौं । जेनजी आन्दोलनले आज  सार्वजनिक अपील जारी गर्दै आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन सबैलाई आग्रह गरेको छ । अपीलमा भनिएको छ, सरकारले आन्दोलनको दबाबमा घुँडा टेकेर नयाँ राजनीतिक निकासको बाटो खोलिसकेको हुँदा आन्दोलनलाई अब जिम्मेवार ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता छ।

अपीलमा भनिएको छ, “अब यो देश हाम्रो नेतृत्वमा आएको छ, सार्वजनिक सम्पत्ति हामी सबैको साझा सम्पत्ति हो । त्यसैले आन्दोलनमा संलग्न साथीहरुलाई संयमित रहन र सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन हार्दिक अनुरोध गर्दछौं।”

जेनजीले आगामी दिनमा नागरिक सरकार गठन र नयाँ राजनीतिक मार्गनिर्देशनको तयारी भइरहेको समेत स्पष्ट पारेको छ । “हाम्रो न्यूनतम अडान सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन र नयाँ निर्वाचनमा जानु हो । यसैमार्फत हामी हाम्रो सुरक्षित भविष्य भएको नेपाल बनाउन सक्छौं,” अपीलमा उल्लेख गरिएको छ।

प्रतिक्रिया