‘टीओबी’ ड्रेसमा पेस्तोल देखाउने युवक जेन–जी आन्दोलनसँग सम्बन्ध नरहेको प्रहरीको भनाइ

ecopolinews.com

काठमाडौं, असोज २७ — काठमाडौंमा ‘टीओबी’ लेखिएको पोशाकमा पेस्तोल देखाएर भिडियो खिच्ने युवक पक्राउ परेका छन्। प्रहरीले प्रारम्भिक अनुसन्धानपछि उक्त पेस्तोल नक्कली भएको र भिडियो जेन–जी आन्दोलनसँग सम्बन्धित नभएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति तेन्जेन दावा हुन्, जो काठमाडौंमा ट्याटु आर्टिस्टका रूपमा काम गर्छन्। उनका पुर्खा तिब्बतबाट नेपाल आएका थिए र उनका पिता भारतीय सेनाबाट अवकाशप्राप्त छन्।

प्रहरी स्रोतका अनुसार उनले ध्यानाकर्षणका लागि पुरानो भिडियो बनाएर सामाजिक सञ्जालमा राखेका थिए। अनुसन्धानमा उक्त भिडियो करिब एक वर्ष पुरानो रहेको पाइएको छ।

तेन्जेनले आफू ‘फ्रि तिब्बत’ अभियानका समर्थक भएको र कुनै राजनीतिक आन्दोलनसँग प्रत्यक्ष सम्बन्ध नरहेको बताएका छन्। प्रहरीले भने उनलाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखेको छ।

यस घटनापछि सामाजिक सञ्जालमा फैलिएका विभिन्न भिडियो र तस्बिरहरूको पनि प्रहरी टोलीले सत्यता छानबिन गरिरहेको जनाएको छ।

प्रतिक्रिया