काठमाडौं, मंसिर १५ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह पितृशोकमा परेका छन्। उनका पिता रामनारायण शाहको सोमबार मध्याह्न सिभिल अस्पतालमा निधन भएको छ।
आइतबार बिहान स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा पिसाबमा देखिएको संक्रमण शरीरभरि फैलिँदै गएपछि अवस्था गम्भीर बन्दै गएको चिकित्सकहरूले बताएका छन्। भेन्टिलेटरमा राखेर उपचार गरिए पनि उनलाई जोगाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ।
प्रधानमन्त्री सुशीला कार्की सोमबार बिहान अस्पताल पुगेर शाह परिवारप्रति समवेदना व्यक्त गर्नुभएको थियो।
१६ मङ्सिर २०८२, सोमबार ०२:५२ मा प्रकाशित