बारा सिमराको घटना : १० जनाको सानो टोलीले किन रोक्यो एमाले नेताको उडान?

ecopolinews.com

बाराको सिमरा बुधबार बिहान अचानक तनावग्रस्त बन्यो। जेन–जी समूहको सानो टोलीले गरेको सांकेतिक विरोध प्रदर्शनपछि सुरु भएको झडपले UML नेताहरू शंकर पोखरेल, भानुभक्त ढकाल र महेश बस्नेतको काठमाडौंतर्फको उडान समेत रोकियो। विमानमै चढिसकेका उनीहरू प्रदर्शनकारी अवरोधका कारण ओर्लिन बाध्य भए।

सिमरामा कर्फ्यू लगाउनुपर्ने परिस्थिति किन बन्यो भन्नेबारे जेन–जी बारा संयोजक सम्राट उपाध्यायले आफ्नो पक्ष यसरी व्याख्या गरे—

उनका अनुसार, बिहान करिब १०–११ जना मात्र भेला भएर ‘ओली नेतृत्वको सरकारको कार्यशैलीविरुद्ध’ शान्तिपूर्ण प्रदर्शन गर्दै थिए। UML को मुख्य कार्यक्रम त २० किलोमिटर टाढा परवानीपुरमा चलिरहेको थियो। तर, एकाएक UML समर्थित करिब २०–२५ जनाको समूह आएर प्रदर्शन रोक्ने प्रयास गरे।

उपाध्यायका भनाइमा, छलफल चल्दै गर्दा UML समर्थकले अचानक हातपात सुरु गरे र पाँच–सात जना घाइते भए। एकजना सौरभ नामका प्रदर्शनकारीको पेटमा गम्भीर चोट लागेका कारण वीरगन्जमा उपचार भइरहेको छ।

उनले आरोप लगाए— झडपमा UML कार्यकर्ता मात्र नभई प्रहरीले पनि आफूहरूलाई नै नियन्त्रणमा लिने नाममा धकेल्दै पिटपिट गरेको। त्यसपछि स्थानीय बासिन्दाहरु पनि जेन–जी पक्षमा उभिँदा UML समर्थकहरू एयरपोर्टभित्र छिरे र उनीहरू बाहिरबाट नाराबाजी गर्दै बसे।

उपाध्यायले आफूहरूलाई गेटभित्र गएर झडप गरेको भनेर फैलाइएको खबर आधारहीन भएको दाबी गरे। फोटो स्रोत :नेपाल प्रेस

प्रतिक्रिया