काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको सल्लाहकार टिममा नयाँ अनुहार थपिएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले अजयभद्र खनाललाई प्रधानमन्त्रीको मुख्य सल्लाहकार र गोविन्दनारायण तिमिल्सेनालाई जनसम्पर्क सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो।
खनाल सामाजिक नवप्रवर्तन तथा परराष्ट्र नीति केन्द्र (CESIF) का अनुसन्धान सल्लाहकार, ‘उकालो अभियान’का निर्देशक तथा ‘उकालो अनलाइन’का प्रधान सम्पादक हुन्। लामो समयदेखि पत्रकारितामा सक्रिय खनाललाई अनुभवसंपन्न सल्लाहकारका रूपमा प्रधानमन्त्री कार्यालयले महत्वपूर्ण भूमिकामा नियुक्त गरेको हो।
त्यस्तै, जनसम्पर्क सल्लाहकारमा नियुक्त तिमिल्सेना उज्ज्वल थापा फाउण्डेशनका उपाध्यक्ष हुन्। सरकारले कार्की नेतृत्वको कार्यसम्पादनलाई सबल बनाउन सल्लाहकार टिम थपिएको बताइएको छ।
१२ असोज २०८२, आईतबार ०५:१८ मा प्रकाशित