जेनजी आन्दोलनका शहीदहरूको सम्मानमा राष्ट्रिय शोक : गृहमन्त्रीको ऐतिहासिक निर्णय

ecopolinews.com
काठमाडौं ।
जेनजी आन्दोलनमा शहीद भएकाहरूको स्मृतिमा गृह मन्त्रालयले राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली पश्चात् पहिलो निर्णयकै रूपमा यो ऐतिहासिक कदम चालेका हुन्।

उनका अनुसार, शोक दिवस कुन दिन मनाउने भन्ने विषय मन्त्रीपरिषद्ले छिट्टै टुंगो लगाउनेछ। शहीदहरूको सम्मान स्वरूप सो दिन सम्पूर्ण देशभर राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

यससँगै, आन्दोलनमा ज्यान गुमाएका प्रत्येक शहीदका परिवारलाई किरिया खर्चका लागि एक–एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि भएको छ। शव व्यवस्थापन सहज बनाउन सरकारले नि:शुल्क सवारी साधन उपलब्ध गराउने र विकट भूभागमा हेलिकप्टरमार्फत शव पुर्‍याउने व्यवस्था मिलाउने पनि गृहमन्त्रीले जानकारी दिए।

प्रतिक्रिया