बालेन्द्रको उदय युवा पुस्ताको आकांक्षाको प्रतीक: तिब्बती निर्वासित सरकारका प्रमुख पेन्पा छिरिङद्वारा बधाई

ecopolinews.com

निर्वासित तिब्बती धर्मगुरु दलाई लामाका सरकार प्रमुख (सिक्योंग) पेन्पा छिरिङले नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहलाई एक विशेष सन्देशमार्फत हार्दिक बधाई ज्ञापन गरेका छन्। भारतको धर्मशालाबाट जारी वक्तव्यमा छिरिङले हालैको 'जेनजी आन्दोलन' पछि नेपालको इतिहासमै सबैभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा बालेनको उदय हुनुलाई नेपाली जनता र विशेषगरी परिवर्तनको पक्षधर युवा पुस्ताको प्रखर आकांक्षाको प्रतीकका रूपमा चित्रण गरेका छन्। उनले बालेनको नेतृत्वले नेपालमा नयाँ उर्जा र आशाको सञ्चार गरेको उल्लेख गर्दै नेपालमा बसोबास गरिरहेका तिब्बती समुदायले यहाँको सामाजिक र आर्थिक संरचनाको विकासमा लामो समयदेखि पुर्‍याउँदै आएको योगदान र सद्भावको समेत स्मरण गराएका छन्। यो बधाई सन्देशले बालेनको उदयलाई अन्तर्राष्ट्रिय र क्षेत्रीय स्तरमा कति चासोका साथ हेरिएको छ भन्ने प्रष्ट पारेको छ।

प्रतिक्रिया