“संकट, कर र भाडा : व्यवसायीहरूको गहिरो अपिल, अब सरकार कदम चालोस्”

ecopolinews.com

नवराज सिलवाल ( युवा व्यवसायी)

जेन जी सरकारले व्यवसायीका आवाज सुन्नैपर्छ : संकटको घडीमा हकहितको माग

म युवाले आह्वान गरेको आन्दोलनले सुशासन र शुद्ध लोकतन्त्रको नयाँ ढोका खोल्दैछ । ज्यानको आहुति दिएका सहिदहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, जेन जी पुस्ताको नेतृत्वमा बनेको यो आन्दोलन केवल राजनीतिक मात्रै नभई सामाजिक–आर्थिक न्यायको आन्दोलन पनि बनेको छ।

यस संक्रमणकालमा व्यवसायी समुदाय गम्भीर सङ्कटमा परेका छन्। लकडाउन, आन्दोलन र अस्थिरताले व्यवसायीहरू धरासायी बनेका छन्। सरकारबाट अपेक्षित राहत र सहजीकरण नआएको गुनासो व्यापारी समाजको छ। कर समयमै बुझाउँदा पनि व्यवसाय सञ्चालनमा सहजता नपाएको व्यवसायीहरू बताउँछन्।


व्यवसायीहरूले जेन जी पुस्ताले अगाडि बढाएको नयाँ सरकारलाई निम्न मागहरूमार्फत आफ्नो  सञ्चालनमा नआएपनि घरबेटीलाई भाडा तिर्नुपर्ने बाध्यताले व्यापारीहरू पिल्सिएका छन्। त्यसैले कम्तीमा ५०% घरभाडा छुटको व्यवस्था तत्काल गर्नुपर्ने माग।घरबहाल कर व्यवसायीले होइन, घरबेटीले आफैं तिर्नुपर्ने व्यवस्था गर्नुपर्ने।

विद्यार्थी र परिवार बसोबास गर्ने घरबहाल करमा पनि ५०% छुट को व्यवस्था नभएसम्म व्यापारीहरूको पीडा झन् गहिरिने चेतावनी।

सुनचाँदी व्यवसायीहरूको आन्दोलन अझै जारी छ। सुनमा तोकिएको २% कर पुनःविचार गर्नुपर्ने माग, किनकि यसको भार अन्ततः उपभोक्तामै पर्छ।

सम्पूर्ण व्यवसायहरूलाई सहजीकरण गरी कालोबजारी बिना निष्पक्ष सञ्चालन गर्न वातावरण बनाइदिन आग्रह।

देश र जनताको हितका लागि ज्यानको बाजी लगाइदिएका सहिदहरूको बलिदान व्यर्थ नजाओस् भन्दै व्यवसायीहरूले नयाँ पुस्ताको सरकारलाई स्पष्ट सन्देश दिएका छन्—

“संकटको घडीमा व्यवसायीको आवाज सुन्ने र हकहितमा नीतिगत व्यवस्था गर्ने हो भने मात्रै लोकतन्त्र बलियो हुन्छ।”

जेन जी पुस्ताले अगाडि सारेको सुशासन र समानताको यात्रामा व्यवसायी समाज पनि साथसाथै छ, तर उनीहरूको मागलाई सम्बोधन नगरी देशको आर्थिक मेरुदण्डलाई बलियो बनाउन सकिँदैन।

 अबको चुनौती नयाँ सरकारले व्यवसायीलाई राहत, करमा सहजीकरण र निष्पक्ष बजार व्यवस्थापन गर्दै जनताको विश्वास जित्न सक्ने हो वा होइन, यहीमा निर्भर रहनेछ।

प्रतिक्रिया