जनताको मेयर बालेन : दुर्गम गाउँपालिकामा जीवनरक्षक एम्बुलेन्स पठाउँदै

ecopolinews.com

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले करिब एक वर्षदेखि रोकिएको एम्बुलेन्स वितरण कार्यक्रम पुनः सुरु गर्ने घोषणा गरेका छन्। आगामी मङ्गलबार (२०७९ असोज ७ गते) बाट पहिलो चरणमा देशभरका दुर्गम र मापदण्डअनुसार छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिने भएको छ।

बालेनले एम्बुलेन्स वितरणमा पारदर्शी मापदण्ड अपनाइएकाे जनाउँदै स्वास्थ्य सुविधा अभावमा पछाडि परेका क्षेत्रमा प्राथमिकता दिइएको स्पष्ट पारे। उनले भने, “स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार हो। देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो।”

उनले यो अभियानलाई सुरुवात मात्र भएको उल्लेख गर्दै कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने लक्ष्यसहित अघि बढाइएको बताए। उनका अनुसार पालिकाको छनोट मापदण्ड पनि यही आधारमा गरिएको हो।

बालेनको यो पहलले स्वास्थ्य सेवा पहुँचविहीन समुदायलाई राहत पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया