बालकुमारी पुलमा गोली चल्यो, लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीको 'एक्सन'!

ecopolinews.com

लागू औषध नियन्त्रण ब्युरो (NCB) को विशेष अपरेसनका क्रममा काठमाडौं र ललितपुर जोड्ने बालकुमारी पुल क्षेत्रमा गोली चलेको छ। ठूलो मात्रामा लागूऔषधको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीलाई देखेर भाग्न खोज्ने कारोबारीहरूलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड गोली प्रहार गरेको हो।

कारोबार स्थलममै पुगेको ब्युरोको टोलीलाई छलेर भाग्ने प्रयास गरेपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरी बाध्य भएर फायर खोल्नुपरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। यद्यपि, प्रहरीको गोली लागेर कोही घाइते भए वा नभएको, कति जना पक्राउ परे र कति परिमाणमा लागूऔषध बरामद भयो भन्ने यकिन तथ्यांक भने खुल्न बाँकी नै छ।

घटनालगत्तै बालकुमारी क्षेत्रमा भारी मात्रामा थप प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ भने फरार रहेका सम्भावित अन्य अभियुक्तहरूको खोजी कार्य तीव्र पारिएको छ। यस घटनासम्बन्धी प्रहरीको आधिकारिक भनाइ र विस्तृत विवरण आउन अझै बाँकी रहेको छ। थप अपडेट प्राप्त हुनासाथ हामी यहाँहरूलाई जानकारी गराउनेछौँ।

प्रतिक्रिया