काठमाडौँ, ३ असोज । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले घोषित मितिमै आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु राष्ट्रको प्रमुख कार्यभार भएको बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले आवश्यकताअनुसार संविधान संशोधन र परिमार्जन गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे।
उनले जेन–जी आन्दोलनलाई देश र जनताको हितमा पूर्ण उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिँदै, त्यसलाई कमजोर पार्ने वा नेपाल र नेपालीविरोधी स्वार्थमा प्रयोग गर्ने षड्यन्त्र विफल हुनुपर्ने स्पष्ट गरे।
श्रेष्ठले भने, “आज संविधान दिवसमा हामीले दशकौँको संघर्ष र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा गर्नुपर्छ। संविधान र लोकतन्त्रलाई समयसापेक्ष परिमार्जन गर्दै भ्रष्टाचारविरोधी सुशासन, राजनीतिक स्थायित्व र समृद्धिको दिशामा अघि बढ्न आवश्यक छ।”
उनले जेन–जी आन्दोलनको बलिदानलाई सार्थक बनाउन सबै राजनीतिक शक्ति एकजुट भई निर्वाचन सफल पार्नुपर्नेमा जोड दिए।