लगनको भुइँमुनि लुकेको ऐतिहासिक हिटी पुनर्जीवित: अमेरिका–नेपाल सहकार्यले जोगायो अद्भुत जलसम्पदा

ecopolinews.com

अमेरिकी दूतावास, नेपाल सरकार, चिभा चैत्य संगठन (CCO) र वर्ल्ड मोन्यूमेन्ट्स फन्डको सहकार्यमा काठमाडौंको लगनस्थित ऐतिहासिक येंगा हिटी पुनः जीवन्त बनेको छ। उपत्यकाका परम्परागत हिटीहरूलाई व्यापक रूपमा पुनर्जीवन दिने उद्देश्यसहित सञ्चालन भइरहेको ‘हिटी पुनर्स्थापना तथा जलसम्पदा संरक्षण परियोजना’ अन्तर्गत यो काम महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।


अमेरिकी राजदूतको सांस्कृतिक संरक्षण कोष (AFCP) मार्फत प्राप्त २ लाख ७५ हजार अमेरिकी डलर बराबरको सहयोगले कम्तीमा तीनवटा प्राचीन हिटीहरूको जीर्णोद्धार, विद्यार्थी र सम्पदासँग सम्बन्धित व्यक्तिहरूका लागि व्यावहारिक सिकाइ कार्यक्रम, र दीर्घकालीन संरक्षण रणनीति निर्माणजस्ता कार्य अघि बढाइएका छन्।


यस्ता जलस्रोत प्रणालीहरू केवल पानीको संरचना मात्र होइनन्—उनीहरू काठमाडौं उपत्यकाको सांस्कृतिक आत्मा पनि हुन्। हिटीहरूको पुनर्जीवनसँगै अमेरिका र नेपालले दुवै देशका समुदायका लागि उपयोगी हुने साझा सम्पदा संरक्षण मा उदाहरणीय सहकार्य देखाएका छन्।

परियोजनाबाट प्राप्त प्राविधिक, सांस्कृतिक र शैक्षिक लाभले अमेरिका–नेपाल सम्बन्धलाई अझ गहिरो बनाउने, दिगो पर्यटनलाई बलियो आधार दिने, र स्थानीय व्यवसाय तथा अन्तर्राष्ट्रिय आगन्तुक दुबैलाई लाभान्वित गर्ने अपेक्षा गरिएको छ।

लगनको भुइँमुनी लुकेको येंगा हिटी बाहिरिएझैँ, दुवै देशबीचको साझेदारीले पनि गहिरा तहमा लुकेका सांस्कृतिक सम्बन्धहरू उजागर गर्दै नयाँ ऊर्जा बोकेको सन्देश दिएको छ।

प्रतिक्रिया