महामन्त्री विश्वप्रकाश शर्माको चुनौती : “हाम्रो सम्पत्ति जाँच होस्, सबको जाँच होस्”

ecopolinews.com
काठमाडौं, ३ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान दिवसको अवसरमा जारी गरेका शुभकामनामा हालको राजनीतिक संकट समाधानका लागि चारवटा शक्तिशाली आयोग तत्काल गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

शर्माले पहिलो प्राथमिकतामा भदौ २३ गतेको जेन–जी आन्दोलनमा भएको अत्यधिक बल प्रयोगबारे न्यायिक आयोग गठन गर्न माग गरेका छन्। त्यस्तै, भदौ २४ गतेको प्रदर्शनमा भएको घुसपैठ, तोडफोड र आगजनीबारे सत्य तथ्य उजागर गर्ने उच्चस्तरीय छानबिन आयोग चाहिएको उनको भनाइ छ।

यसबाहेक, मुलुकमा फैलिएको भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली छानबिन आयोग गठन गर्नुपर्ने र २०४६ सालदेखि उच्च पदमा पुगेका सबै नेताको सम्पत्ति शुद्धीकरण गर्न उच्चस्तरीय आयोग बनाउनुपर्ने सुझाव उनले दिएका छन्।

शर्माले आफ्नो जीवनको राजनीतिक यात्रामा जम्माजम्मी एकपटक सांसद मात्रै बनेको भए पनि आफ्ना जग्गा–जमिनदेखि बैंक खाता सबै सम्पत्ति जाँच गर्न आग्रह गर्दै सम्पूर्ण राजनीतिक नेतृत्व अब नङ्गा परीक्षणका लागि तयार हुनुपर्ने सन्देश दिएका छन्।

प्रतिक्रिया