सिन्धुपाल्चोक।पाँच पोखरी क्षेत्रमा महाशिवरात्रिको पावन अवसरमा आयोजना गरिएको विशेष योग-साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। २०८२/११/०१ गतेदेखि सुरु भएको आध्यात्मिक • सांस्कृतिक • साहसिक योग यात्रा समुद्री सतहबाट करिब ४२०० मिटर उचाइमा अवस्थित पवित्र पाँच पोखरी क्षेत्रमा आयोजना गरिएको थियो। विश्वकै अग्ला तालहरूमध्ये करिब ९औँ स्थानमा मानिने यस धार्मिक स्थलमा सम्पन्न कार्यक्रमले सहभागीहरूलाई अद्वितीय आध्यात्मिक अनुभूति प्रदान गरेको आयोजकले जनाएको छ।