नेपाली सेनाको भावी नेतृत्वको चित्र प्रष्ट: पदम बुढा मगर र पवन खत्री बने उपरथी

ecopolinews.com

रविन्द्र कट्टेल - काठमाडौँ: मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै नेपाली सेनाको भावी नेतृत्वको रोलक्रम र शक्ति समीकरणमा नयाँ तरंग पैदा भएको छ। सरकारले सहायक रथी पदम बुढा मगर र पवन खत्रीलाई उपरथीमा बढुवा गरेसँगै आगामी एक दशकको सैन्य कमान्ड कसले सम्हाल्ने भन्ने संकेत देखिएको छ। वर्तमान प्रधानसेनापति अशोकराज सिग्देलपछि रथी अनुपजंग थापाले नेतृत्व सम्हाल्ने निश्चित जस्तै रहे पनि, त्यसपछिको बलियो दाबेदारका रूपमा 'फास्ट ट्र्याक' अधिकृतका रूपमा चिनिएका पदम बुढा मगर देखिएका छन्। पाकिस्तानबाट एनडीसी र अमेरिकाबाट सैन्य तालिम प्राप्त बुढा मगरको यो बढुवाले उनलाई २०८७ सालपछिको प्रधानसेनापतिको दौडमा अग्रस्थानमा उभ्याएको छ भने पवन खत्रीलाई पनि सशक्त विकल्पका रूपमा हेरिएको छ।

प्रतिक्रिया