पाँचथरमा बोलेरो दुर्घटना : तमोर नदीमा खस्दा ५ को मृत्यु, ६ घाइते

ecopolinews.com

विराटनगर । पाँचथरको कुम्मायक कार्तिकेस्थित तमोर करिडोरमा भएको बोलेरो दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

पाँचथरबाट धरानतर्फ यात्रु बोकेर गइरहेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी शनिबार दिउँसो सडकबाट करिब ५ सय मिटर तल तमोर नदी किनारमा खसेको थियो। दुर्घटनापछि घटनास्थलमा ५ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी ईश्वर कार्कीले जानकारी दिए।

घाइतेमध्ये ५ जनालाई उपचारका लागि धरान पठाइएको छ भने एक जनालाई फिदिम अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। मृतकहरूको पहिचान खुल्न बाँकी छ।

दुर्घटनाको कारणबारे प्रष्ट निष्कर्ष ननिस्किए पनि प्रारम्भिक अनुसन्धानअनुसार साँघुरो सडक र ओरालो भागमा नियन्त्रण गुम्दा गाडी नदीमा खसेको अनुमान गरिएको छ।

प्रतिक्रिया