संविधान दिवसमा एमालेको विशेष कार्यक्रम

ecopolinews.com

काठमाडौं — नेकपा (एमाले)ले संविधान दिवसलाई अवसर बनाएर आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली समेत उपस्थित हुने तय भएको छ। हालैको जेनजी आन्दोलनपछि उनी पहिलोपटक सार्वजनिक रुपमा देखिन लागेका कारण कार्यक्रम स्थल वरिपरि सुरक्षाको तयारी कडा बनाइएको छ।

सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ र च्यासलस्थित पार्टी कार्यालय क्षेत्रमा बाक्लो प्रहरी तैनाथ गरिएको छ।

प्रतिक्रिया