लिगबाट बाहिरिसकेका दुई टिम आज किन भिड्दैछन्? कीर्तिपुरमा अन्तिम खेलले के संदेश दिन्छ?

ecopolinews.com

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको लिग चरण आज आफ्नो अन्तिम मोडमा पुगेको छ।

अपराह्न ३:३० बजे निर्धारित अन्तिम खेलमा कर्णाली याक्स र गत संस्करणका च्याम्पियन जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्।

छ खेलबाट दुवै टोलीले जम्मा दुई–दुई अंक मात्र बटुलेपछि प्लेअफ यात्रा यतै टुंगिएको छ। त्यसैले आजको भिडन्तले अंकतालिकामा खासै प्रभाव नपारे पनि खेलाडीहरूले टीमको प्रतिष्ठा र व्यक्तिगत प्रदर्शन सुधार्ने अवसरको रूपमा लिन अपेक्षा गरिएको छ।

यसअघि नै सुदूरपश्चिम रोयल्स लिगको शीर्ष स्थानमा उक्लँदै क्वालिफायरमा पुगेको छ भने विराटनगर किंग्सले दोस्रो स्थान सुरक्षित गरेको छ। काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स चाहिँ इलिमिनेटरको यात्रामा छन्।

एनपिएल प्लेअफ अन्तर्गत मंगलबार सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच पहिलो क्वालिफायर हुनेछ। त्यसपछि बुधबार काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच रोमाञ्चक इलिमिनेटर खेल हुनेछ, जहाँ पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ।

प्रतिक्रिया