स्वास्थ्य क्षेत्रमा श्रमको सम्मान र समान पारिश्रमिक सुनिश्चित गर्न मन्त्रीसमक्ष स्टाफ नर्स सन्जु शाहको खुला आग्रह

ecopolinews.com

काठमाडौं - Ministry of Health and Population अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्री Nisha Mehta लाई सम्बोधन गर्दै Shahid Gangalal National Heart Centre मा कार्यरत स्टाफ नर्स Sanju Shah ले स्वास्थ्य क्षेत्रमा विद्यमान असमानता, श्रमशोषण र पारिश्रमिक विभेद अन्त्य गर्न मागसहित खुला पत्र सार्वजनिक गरेकी छन्।

खुला पत्रमार्फत उनले मन्त्री पदमा नियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै स्वास्थ्य क्षेत्रबाटै आएको नेतृत्वप्रति हजारौं स्वास्थ्यकर्मीले ठूलो आशा राखेको उल्लेख गरेकी छन्। योग्य, अनुभवी र सक्षम महिलाले मन्त्रालय सम्हालेकाले स्वास्थ्य क्षेत्रमा रहेका विकृति, विसंगति र असमानताविरुद्ध ठोस सुधारको अपेक्षा गरिएको उनको भनाइ छ। 

खुला पत्र !  

माननीय मन्त्री ज्यू , 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल सरकार ! राम शाह पथ , काठमाडौं ।

सर्बप्रथमत: नेपाल सरकारको स्वास्थ्य मन्त्री जस्तो गरिमामय पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाईका साथ कार्यकालको पूर्ण सफलताको शुभकामना ब्यक्त गर्दछु। माननीय मन्त्री निशा मेहता ज्यू तपाई हाम्रो पेशाबाट आउनु भएको मानिस ।आज तपाई स्वास्थ्य क्षेत्रको सर्बोच्च तहमा पुग्दा हामी गर्बले हर्ष बिभोर त भएका छौं नै।त्यसमा पनि एउटा अनुभवी , योग्य र क्षमतावान महिलाले उक्त मन्त्रालय समाल्दा स्वास्थ्य क्षेत्रका हजारौं कर्म्चारीले तपाई प्रति ठूलो आशा, बिश्वास र भरोसा मात्र गरेका छैनन कि त्यस भित्र रहेका तमामौं बिकृति, बिसंगति र असमानताका बिरुद्ध मा तपाई सतीसाल झैं उभिनु हुनेछ र आमूल परिबर्तन हुनेछ्।हाम्रो होइन राम्रो अर्थात योग्य कर्मचारीलाई अबसर र प्रोत्साहन गर्नु नै हुनेछ्।बिधि, बिधान, ऐन र नियम बिपरित जाने जो कोहिलाई पनि कानुनी कठघरामा उभ्याएर दण्डित गर्नु हुने नै छ्।कतिपय कर्मचारीहरु आफ्नो कर्त्तब्य के हो त्यो बिर्सने र अधिकारका कुरा मात्र गर्नुले हामीले सेवा ग्राहिलाई आवश्यक सेवा दिन सक्दैनौं। स्वास्थ्य क्षेत्र एउटा संबेदनशील र बिशीष्ट प्रकारको क्षेत्र पनि भएका कारण हरेक कर्मचारीले मन, बचन र कर्मले समर्पित भै कार्य गर्नु नै पर्दछ्।हामीहरुले ईमान्दारिताका साथ अनुशासित भएर काम गर्दै गर्दा पनि नीजि क्षेत्र होस वा सरकारी सबैको हेर्ने दृष्टिकोण र पारिश्रमिकतामा बिभेद भएको देखिन्छ्।नेपालको नयाँ श्रम ऐन , २०७४ मा श्रमिकको समानता (equality ) सम्बन्धमा महत्त्वपूर्ण ब्यबस्था गरिएको छ्।समान कामको समान ज्याला अन्तर्गत ऐनले एउटै काम गर्ने श्रमिक्लाई समान पारिश्रमिक दिनुपर्ने ब्यबस्था गरिएको छ्।लिङ्ग, जात , धर्म, क्षेत्र आदिको आधारमा तलबमा बिभेद गर्न पाइदैन्।सबै प्रकारका श्रमिकलाई समेट्न ऐन ले औपचारिक , अनोपचारिक र घरेलु कामदार आदि सबैलाई समेटेर सबैलाई समान अधिकार दिने लक्ष्य राखिएको छ्।श्रम ऐन २०७४ ले मुख्य रुपमा यस्तो ब्यबस्था गरिएको छ कि कुनै पनि श्रमिकसँग भेदभाब हुँदैन , सबैलाई समान अबसर , समान ज्याला र समान अधिकार मिल्छ्।साथै कर्मचारीहरुलाई १) उचित पारिश्रमिक २) सुरक्षित कार्यस्थल ३) बिदा पाउने अधिकार ४) सामाजिक सुरक्षा ५) संगठन बनाउने अधिकार र ६) सेवा सुरक्षा आदि। नेपालमा हालसम्म करिब १ लाख १२ हजार ५७६ नर्सहरु उत्पादन भएका छ्न्।जस मध्ये २३ बर्ष को data हेर्ने हो भने लगभग ५२ हजार ५७६ परिचारिकाहरु बिदेशिएको देखिन्छ्।प्रत्येक बर्ष उत्पादन भएर बजारमा आउने नर्सहरु ६ हजार देखि ७ हजार छ्न्। नेपालमा करीब ८७ हजार नर्सहरु स्वदेश मै काम गरिरहेका छ्न्।जस मध्ये १५ हजार सरकारी अस्पतालमा कार्यरत छ्न भने १७ हजार नीजि अस्पताल्/क्लिनिक मा काम गर्छ्न र ३२ हजार सक्रिय रुपमा संस्थागत काममा छ्न्।बिभिन्न अस्पतालहरुमा कार्यरत नर्सहरु माथि बिभेद मात्र भएको छैन कि श्रम समेत शोषण भएको पाइन्छ्।नीजि अस्पतालहरुमा प्राय: तलब एकदमै कम हुन्छ भने सरकारी अस्पतालमा समेत श्रम अनुसारको तलब प्राप्त हुँदैन्।त्यसकारण श्रमको उचित सम्मान र न्याय गर्न माननीय मन्त्री ज्यू लाई हार्दिक अनुरोध गर्दै पुन: यहाँको कार्यकालको पूर्ण सफलताको शुभकामना ब्यक्त गर्दछु। 

सन्जु शाह 

स्टाफ नर्स 

सहिद गंगालाल राष्ट्रीय हृदय केन्द्र बाँसबारी, काठमाडौं ।

प्रतिक्रिया