प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

ecopolinews.com

७ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच मंगलबार सिंहदरबारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको भेटलाई मुलुकको वर्तमान शान्ति–सुरक्षा अवस्था र जेन–जी आन्दोलनपछिको राजनीतिक व्यवस्थासँग जोडेर अर्थपूर्ण रूपमा हेरिएको छ।

स्रोतका अनुसार, भेटमा देशको आन्तरिक सुरक्षा, शान्ति स्थायित्व र आगामी राजनीतिक मार्गचित्रबारे विस्तृत छलफल भएको छ।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढलेपछि नेपाली सेनाको पहलमा कार्की प्रधानमन्त्री बनेकी थिइन्। त्यसयता उनको कदमलाई मुलुकमा स्थायित्व कायम गर्ने प्रयासको रूपमा हेरिएको छ।

प्रधानमन्त्री कार्की र सेनापति सिग्देलबीच भएको यो भेट नयाँ सरकारको शक्ति सन्तुलन र शान्ति प्रक्रियामा सेनाको भूमिकाबारे थप संकेतक मानिएको छ।

प्रतिक्रिया