संविधान दिवसमा माइतीघरमा जेन–जीको शान्तिपूर्ण प्रदर्शन हुँदै

ecopolinews.com

काठमाडौँ । संविधान दिवसको अवसरमा जेन–जी पुस्ताको एक समूहले माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ।

सदस्यहरूले जनाएअनुसार संविधान २०७२ को रक्षा र कार्यान्वयनमा जोड दिन प्रदर्शन गर्न लागिएको हो। उनीहरूको भनाइमा मुलुकको निकास विद्यमान संविधानभित्रै खोजिनुपर्ने भएकाले प्रदर्शनमार्फत उक्त सन्देश प्रवाह गर्न लागिएको हो।

एक सहभागीले भने, “हामीले संविधानभन्दा बाहिर जान खोजेका छैनौँ, तर संविधानमा हेरफेर वा विचलन भयो भने फेरि ठूलो आन्दोलन गर्नेछौँ।”

साथै, उनीहरूले अन्तरिम सरकारले निर्धारित मितिमै निर्वाचन गराउनुपर्ने माग पनि अघि सारेका छन्। प्रदर्शन आज असोज ३ गते बिहान ११ बजे माइतीघर मण्डलामा हुने जनाएको छ।

प्रतिक्रिया