काठमाडौँ । विश्व बजारमा सुन र चाँदीको मूल्यमा एकैसाथ ठूलो गिरावट आएको छ, जसले अन्तर्राष्ट्रिय बहुमूल्य धातु बजारलाई हल्लाइदिएको छ। पछिल्लो कारोबारमा सुनको मूल्य ८.३५ प्रतिशतले घटेको छ भने चाँदीको मूल्यमा झण्डै २५ प्रतिशतको तीव्र गिरावट देखिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केभिन वार्शलाई आगामी फेडरल रिजर्भ अध्यक्षका रूपमा मनोनयन गरेपछि बजारको मनोविज्ञान एकाएक बदलिएको विश्लेषकहरूको भनाइ छ। वार्शलाई मुद्रास्फीति नियन्त्रण र फेडको स्वतन्त्रतामा कडा अडान लिने नेताका रूपमा हेरिँदै आएको छ, जसका कारण निकट भविष्यमै ब्याजदर सहज नहुने अपेक्षा गरिएको छ। यही संकेतले अमेरिकी डलरलाई बलियो बनाएको र लगानीकर्ताहरू बहुमूल्य धातुबाट बाहिरिँदै बिक्रीतर्फ उन्मुख भएको देखिएको छ।
मूल्य घटेपछि सुनको प्रतिऔँस मूल्य ४ हजार ९०८ अमेरिकी डलरमा झरेको छ। यद्यपि, सुन अझै पनि करिब ३४ हजार १२१ ट्रिलियन डलरको बजार पूँजीकरणसहित विश्वको सबैभन्दा ठूलो एसेटको रूपमा शीर्ष स्थानमै कायम छ। उता चाँदीको मूल्य २५.५० प्रतिशतले घटेर प्रतिऔँस ८५.२५ डलरमा झरेको छ। चाँदीको बजार पूँजीकरण हाल ४.७९९ ट्रिलियन डलर रहेको छ र यो विश्वकै दोस्रो ठूलो बहुमूल्य सम्पत्तिको रूपमा सूचीकृत छ।
विश्लेषकहरूका अनुसार अमेरिकी मौद्रिक नीतिमा कडाइको संकेत, डलरको मजबुती र जोखिमपूर्ण सम्पत्तिबाट लगानी फिर्ता गर्ने प्रवृत्तिले सुन-चाँदीको मूल्यमा अझै केही समय दबाब रहन सक्ने देखिन्छ।
Kathmandu. Global commodity markets have witnessed a sharp decline in gold and silver prices, sending shockwaves across the precious metals sector. In the latest trading session, gold prices fell by 8.35 percent, while silver recorded an even steeper drop of around 25 percent.
The downturn began after former US President Donald Trump nominated Kevin Warsh as the next Chair of the Federal Reserve. Following the nomination, expectations of a stricter monetary policy outlook strengthened the US dollar, putting significant pressure on precious metal prices.
Market analysts believe Warsh is likely to prioritize inflation control and uphold the Federal Reserve’s independence, making him less inclined toward supporting lower interest rates. This outlook has reduced the appeal of non-yielding assets like gold and silver, prompting traders and investors to accelerate selling.
After the decline, gold prices dropped to USD 4,908 per ounce. Despite the fall, gold continues to hold its position as the world’s top asset, with a total market capitalization of approximately USD 34.121 trillion. Similarly, silver prices plunged by 25.50 percent to USD 85.25 per ounce. Silver currently holds a market capitalization of about USD 4.799 trillion, ranking as the world’s second most valuable precious asset.
Experts suggest that continued strength in the US dollar, coupled with expectations of tighter monetary policy, may keep pressure on gold and silver prices in the near term, as investors reassess risk and shift capital toward dollar-backed assets.